• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश सरकार बालमैत्री : मुख्यमन्त्री राई

प्रदेश सरकार बालमैत्री : मुख्यमन्त्री राई


समायोजन खबर
  • सोमबार, भाद्र २९ २०७७

  • प्रथम खोटाङ दिक्तेल महोत्सवमा बोल्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई । तस्विर चिसाङ शेर्पा,फाईल तस्विर ।

    समायोजन खबर विराटनगर, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले वर्तमान प्रदेश सरकार बालमैत्री सरकार रहेको बताउनुभएको छ । राष्ट्रिय बालदिवसका अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन आज सार्वजनिक गर्दै उहाँले प्रदेश सरकारका अफ्ना नीति तथा बजेट बालकेन्द्रित रहेको बताउनुभयो ।

    मुख्यमन्त्री राईले आगामी सन् २०२५ भित्र प्रदेशलाई बालविवाहमुक्त प्रदेश निर्माणका लागि सरकारले काम शुरु गरिसकेकाले यसमा सामाजिक संघसंस्था, सरोकारवाला व्यक्ति र सबैको सहभागिता आवश्यक छ भन्नुभयो । उहाँले प्रदेश सरकार बाल अधिकारप्रति संवेदनशील रहेको बताउँदै प्रतिवेदनका आधारमा बालअधिकार स्थापित गर्न सही नीति र कार्यक्रम तर्जुमा गर्न सहज हुने धारणा व्यक्त गर्नु भयो ।

    भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार हुँदै गएको चर्चा गर्दै श्रम, शिक्षा र खेलकूदको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडकलाई बालबालिकामुक्त बनाउन गत वर्ष ५३ जनालाई संरक्षण गरिएको जानकारी दिँदै बालअधिकारको संरक्षणका लागि ऐन निर्माण गरिएको बताउनुभयो । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण सन् २०१६ अनुसार प्रदेशमा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको बताउनुभयो ।२०७७ भदौ २९ गते राती ९ :२६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology