• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश न. १ मा ८७ सङ्क्रमित थपिए

प्रदेश न. १ मा ८७ सङ्क्रमित थपिए


समायोजन खबर
  • सोमबार, भाद्र २९ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, प्रदेश न. १ मा पछिल्लो २४ घण्टामा ८७ कोरोना सङक्रमित थपिएका छन् । तीमध्ये १५ महिला र ७२ पुरुष छन् । थपिएकामा मोरङमा ५५, सुनसरीमा २४, झापामा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    सङ्क्रमितमा मोरङको कटहरीमा महिला आठ र १३ पुरुष, विराटनगरमा एक महिला, १३ पुरुष, बुढीगङ्गामा पाँच महिला र आठ पुरुष, ग्रामथानमा दुई महिला र पाँच पुरुष, रतुवामाईमा तीन पुरुष, जहदामा एक पुरुष र स्थानीय तह नखुलेका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

    मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा एक महिला र १३ पुरुष, धरानमा दुई महिला र दुई पुरुष, इटहरीमा दुई, भोक्राहानरसिंहमा दुई, दुहवीमा एक र स्थानीय तह नखुलेका एक पुरुषमा सङ्क्रमण देखिएको छ ।

    यस्तै झापाको कमलगाउँपालिकामा एक महिला र एक पुरुष, उदयपुरको स्थानीय तह नखुलेका एक पुरुष तथा प्रदेश बाहिरका पाँच पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

    यस प्रदेशमा हालसम्ममा चार हजार ८२९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । अहिलेसम्ममा दुई हजार ७८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ४८४ जना सहित हालसम्ममा एक लाख नौ हजार १६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।२०७७ भदौ २९ गते राती ८ :१७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology