• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा थप एकजनामा कोरोना संक्रमण पुष्टि

खोटाङमा थप एकजनामा कोरोना संक्रमण पुष्टि


समायोजन खबर
  • आइतबार, भाद्र २८ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा पुनः एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाको साकेला गाउँपालिका–५ मात्तिम कात्तिकेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    १३ दिन अघि काठमाण्डौबाट घरमा आइ होम क्वारेन्टिनमा बसेका उनको २४ भदौमा स्वाव संकलन गरी पिसीआर परिक्षण गर्दा आइतबार (आज) कोरोना संक्रमण पुष्टि भएको साकेला गाउँपालिकाका कोरोना व्यवस्थापन फोकल पर्सन दुर्गा बहादुर राईले जानकारी दिए ।

    कोरोना फोकल पर्सन राईका अनुसार गाउँपालिकाले स्वाव संकलन गरी पठाइएको ३० जनामध्ये उनी एकको पिसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएको हो । कोशी कोभिड अस्पताल विराटनगरमा पिसीआर परिक्षण गरिएको हो ।

    संक्रमित एक्लै होम क्वारेन्टिनमा सुरक्षित ढंगले बसेकाले अन्यमा खतरा नरहेको बताइएको छ । संक्रमितलाई थप उपचारका लागि जिल्ला अस्पताल खोटाङको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको कोरोना फोकल पर्सन राईले जानकारी दिए ।

    यस गाउँपालिकाले हालसम्म १३ जना महिला, ८६ जना पुरुषको पिसीआर परिक्षण गरिसकेको छ । गाउँपालिकाले २३ स्थानमा क्वारेन्टिन निर्माण गरेका छन् । होम क्वारेन्टिनका कारण पालिकाले बनाएको क्वारेन्टिन भने खाली छ ।२०७७ भदौ २८ गते दिउँसो ४ :४३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology