• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

१०७ औं वीपी जयन्ती : नेविसंघद्धारा निःशुल्क मास्क वितरण

१०७ औं वीपी जयन्ती : नेविसंघद्धारा निःशुल्क मास्क वितरण


समायोजन खबर
  • बुधबार, भाद्र २४ २०७७

  • सर्वसाधरणलाई मास्क वितरण गर्दै पार्टी सभापति नरेश कुमार श्रेष्ठ ।

    समायोजन खबर खोटाङ, नेपाल विधार्थी संघ (नेविसंघ) खोटाङले निःशुल्क मास्क वितरण गरेको छ । नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोेइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा दिक्तेलबजारको चार स्थानमा मास्क वितरण र जनचेतनामूलक कार्यक्रम गरेको हो ।

    वीपी जयन्तीको अवसरमा बुधबार बिहान दिक्तेलबजारको किरातचोक (रत्नपार्क), त्रिवेणीचोक, अस्पताल चोक र हाटडाँडामा निःशुल्क मास्क वितरण गरिएको नेविसंघ खोटाङले जनाएको छ । ति चार स्थानबाट विधार्थी, कर्मचारी, श्रमिक, प्रहरी, सर्वसाधरणलाई माक्स वितरण गरिएको होे ।

    नेविसंघ जिल्ला सभापति राजकुमार बस्नेतको नेतृत्वमा भएको मास्क वितरण कार्यक्रममा १ हजार ९५० वटा मास्क वितरण गरिएको छ । किरातचोक(रत्नपार्क)मा सभापति बस्नेतको नेतृत्वमा भएको वितरण कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस खोटाङका पार्टी सभापति नरेश कुमार श्रेष्ठले मास्क वितरण गरेका थिए ।

    यस्तै, त्रिवेणी चोकमा नेविसंघ जिल्ला सचिव तेजिन्द्र घिमिरेको नेतृत्वमा भएको वितरण कार्यक्रममा कांग्रेसका पुर्व पार्टी सभापति विष्णु कुमार राई, सचिव सचिव ज्ञानेन्द्र जोशी, दिक्तेलका वडाध्यक्ष टंक प्रसाद आचार्य, हाटडाँडामा नेविसंघ जिल्ला सह–सचिव मोतिचन्द्र राईको नेतृत्वमा भएको कार्यक्रममा पार्टी सचिव इच्छु राणा, जिल्ला सदस्य प्रकाश कुमार श्रेष्ठ र अस्पताल चोकमा नेविसंघ जिल्ला सदस्य सुमन आचार्यको नेतृत्वमा भएको वितरण कार्यक्रममा महासमिति सदस्य रवि प्रकास राई र सूचना प्रचारप्रसार विभाग प्रमुख सुमनवावु आचार्यले मास्क वितरण गरेका थिए ।
    समय सापेक्ष विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको नेविसंघले यसपटक कोरोना भाइरस कोभिड–१९ बाट सुरक्षित रहनका लागि मास्क वितरण र जनचेतनामूलक कार्यक्रम गरेको हो ।२०७७ भदौ २४ गते दिउँसो २ :२१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology