चिसाङ शेर्पा खोटाङ, खोटाङको रावाबेंशी गाउँपालिकाले ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न थालेको छ । सोमबारदेखी गाउँपालिकाभरी रहेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न थालेको हो ।
६ वटै वडाका ज्येष्ठ नागरिकलाई समान ढंगले सम्मान गर्ने उद्देश्यले सोमबारदेखी सुरु भएको अभियानले पहिलो दिन रावाबेंशी गाउँपालिका–६ हौचुरका चारजना ज्येष्ठ नागरिकलाई सम्मान गरेको गाउँपालिकाका कम्प्युटर अपरेटर नर बहादुर श्रेष्ठले जानकारी दिए ।
सम्मानित हुनेमा ९४ वर्षीय लोक बहादुर श्रेष्ठ, ९१ वर्षीया फुर्दिकी शेर्पा, ९० वर्षीया ईन्द्रकुमारी कार्की र ९० वर्षीय कटक बहादुर बरुवाल रहेका छन् ।
वडा कार्यालय हौंचुरको प्राङगणमा भएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई जनही ५/५ हजार नगद प्रदान गरेका छन् । यसरी नै ६ वडाका ३० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिनेछ ।
यसपछि क्रमशः कुभिण्डे, दुवेकोल, डुम्रेधारापानी, खार्पा र लामिडाँडाका ज्येष्ठ नागरिकलाई सम्मान गरिने जनाइएको छ । शाररिक रुपमा अशक्त बन्दै गएका तर, पथप्रदर्शकको खम्बा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने उद्देश्यले यस्तो कार्यक्रम अगाडी सारिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए ।२०७७ भदौ २२ गते राती ९ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology