• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रेडक्रसको स्थापना दिवसमा गर्भवती महिलालाई हाइजिन किट र खाद्यान्न

रेडक्रसको स्थापना दिवसमा गर्भवती महिलालाई हाइजिन किट र खाद्यान्न


समायोजन खबर
  • बिहिबार, भाद्र १८ २०७७

  • गर्भवती महिलालाई हाइजिन किट र खाद्यान्न वितरण गर्दै रेडक्रसका सभापति कुमार सिं बस्नेतलगायत ।

    समायोजन खबर खोटाङ, नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाले गर्भवती महिलालाई हाइजिन किट र खाद्यान्न वितरण गरेको छ । रेडक्रसको ५८ औ स्थापना दिवसको अवसरमा बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गर्भवती महिलाहरुलाई निःशुल्क हाइजिन किट र खाद्यान्न वितरण गरेको हो ।रेडक्रस र वडा कार्यालय लफ्याङको समन्वय र सहकार्यमा वडाको प्राङगणमा १६ जना गर्भवती महिलालाई प्रतिब्यक्ति २५ केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ केजी नुन तथा स्यानिटरी प्याड, लुगा धुने, नुहाउने साबुन, नेलकट, टावलजस्ता सामग्री समावेश गरिएको हाइजिन किट वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाका मन्त्री छत्रकुमार बजिमयले जानकारी दिए ।

    वडाले सिफारिस गरेका ति गर्भवती महिलाहरुलाई नेपाल रेडक्रस सोसाइटी खोटाङ जिल्ला शाखाका सभापति कुमार सिं बस्नेत, रेडक्रसका मन्त्री बजिमय, लफ्याङका वडाध्यक्ष निर्मल राईले वितरण गरेका थिए ।

    यस्तै, बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १० जना गर्भवती महिलालाई पनि हाइजिन किट र खाद्यान्न वितरण गरिएको रेडक्रसका कार्यक्रम संयोजक लोकमाया थापाले बताईन् ।२०७७ भदौ १८ गते साँझ ५ :१८ मा प्रकाशि

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology