• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या तीन लाख आठ हजारभन्दा बढी

बङ्गलादेशमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या तीन लाख आठ हजारभन्दा बढी


समायोजन खबर
  • शनिबार, भाद्र १३ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर, बङ्गलादेशमा शनिबार कोभिड–१९ बाट सङ्क्रमित नयाँ विरामीको सङ्ख्या दुई हजार १३१ पुगेको छ भने थप ३२ जनाको मृत्यु भएको छ ।

    बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या तीन लाख आठ हजार ९२५ पुगेको छ भने कोरोनाभाइरसको महामारीका कारण चार हजार २०६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा मुलुकभर ११ हजार ६८९ नमूनाको कोरोना परीक्षण भएको बताइएको छ । त्यस्तै शनिबारसम्म एक लाख ९८ हजार ८६३ सङ्क्रमित उपचारपछि निको भइ घर फर्किएका पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार २७ रहेको महानिर्देशनालयले जनाएको छ ।

    सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कूल सङ्क्रमितको १.३६ प्रतिशत मृत्यु भएको छ भने ६४.३४ प्रतिशत व्यक्ति निको भएका छन् । बङ्गलादेशमा गत जुलाईमा २ मा एकै दिनमा सबैभन्दा धेरै चार हजार १९ सङ्क्रमित भएका थिए भने जुन ३० मा २४ घण्टाको अन्तरालमा सबैभन्दा धेरै ६४ व्यक्तिको मृत्यु भएको थियो ।२०७७ भदौ १३ गते राती ९ :११ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology