समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा गरिएको ‘सिल’ खुला गरिएको छ । ज्वरोको बिरामी भएपछि पाटन अस्पताल पु¥याइएकी स्थानीय १६ वर्षीया किशोरीलाई कोरोना संक्रमण पूष्टी भएपछि भदौ १० गतेदेखि वडामा लगाइएको ‘सिल’ शनिबारदेखि खुला गरिएको हो ।
संक्रमित किशोरीको परिवारका सदस्य, घुममिल भएका छिमेकी, बिरामी ओसार–पसारका क्रममा सहयोग गरेका आफन्त तथा शिक्षक लगायत १७ जनाको नमूना संकलन गरेर पिसिआर परिक्षणमा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएकाले वडाको ‘सिल’ खुला गरिएको बाम्राङका वडाध्यक्ष लतिकुमार राईले बताए ।
जिल्ला अस्पतालले भदौ ४ गते रेफर गरेको बालिकालाई भदौ ८ गते पाटन अस्पतालमा कोरोना संक्रमण पूष्टी भएको थियो । भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी किशोरीको स्वास्थ्यमा सुधार नआएपछि अन्यत्र रेफर गरिएको थियो । पछिल्लो पटक संक्रमित भनिएकी किशोरीको पिसिआर रिपोर्ट समेत नेगेटिभ आएको बुझिएको वडाध्यक्ष राईले बताए ।
रिफर गरेको किशोरीलाई कोरोना संक्रमण पूष्टी भएपछि जिल्ला अस्पतालको आकस्मिक तथा प्रशुती बाहेकका सेवा समेत चार दिन बन्द गरिएको थियो । बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि भदौ ११ गतेदेखि अस्पतालको नियमित सेवा सुचारु गरिएको थियो ।२०७७ भदौ १३ गते राती ८ :०२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology