समायोजन खबर खोटाङ, रिफर गरिएको विरामीमा कोरोना संक्रमण पुष्टिपछि आकस्मिक र प्रसुती सेवा बाहेक सबै सेवा बन्द गरेको जिल्ला अस्पताल खोटाङले पुनः नियमित सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीहरुको भदौ ९ गते नमूना संकलन गरेर परिक्षणमा पठाई बन्द गरिएको सम्पूर्ण सेवाहरु आजबाट सञ्चालनमा आएको हो ।
ज्वरोबाट बिरामी परेकी किशोरीलाई भदौ ४ गते रिफर गरेर पाटन अस्पतालमा जाँच गर्दा कोरोना संक्रमण देखिएकाले सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीहरुको नमूना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पठाइएको र त्यसको रिपोर्ट नेगेटिभ आएकाले सम्पूर्ण सेवा सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल खोटाङका निमित्त कार्यालय प्रमुख रविन कुमार फुयलले बताए ।
अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारी गरी ५० जना र आईसोलेसनमा बसेका कोरोना संक्रमित ६ प्रहरी जवानको नमूना संकलन गरेर परिक्षणमा पठाएको थियो । आइसोलेसनमा बसेका ६ प्रहरी जवानको पनि पिसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई आजै डिस्चार्ज गरिएको छ ।२०७७ भदौ ११ गते साँझ ५ :५२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology