• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अनिश्चितकालका लागि बाम्राङ ‘शिल’

अनिश्चितकालका लागि बाम्राङ ‘शिल’


समायोजन खबर
  • बुधबार, भाद्र १० २०७७

  • साँकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, एकजना किशोरीमा कोरोना संक्रमण पुष्टि भएपछि बाम्राङलाई शिल गरिएको छ । जिल्ला अस्पताल खोटाङले भदौ ४ गते रेफर गरेको बिरामीलाई कोरोना संक्रमण पूष्टी भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङलाई बुधबारदेखी ‘शिल’ गरिएको हो ।
    जिल्ला अस्पतालबाट रेफर भई पाटन अस्पताल पु¥याइएकी १६ वर्षीया किशोरीलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि वडा कार्यालयमा बुधबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि वडालाई ‘शिल’ गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए । बैठकले दैनिक उपभोग्य सामग्री खरिद तथा अतिआवश्यक काम बाहेकमा आवत–जावत गर्न रोक लगाउने निर्णय गरेको वडाध्यक्ष राईले बताए ।

    ज्वरोबाट बिरामी परेकी बालिकालाई भदौ ८ गते कोरोना पोजिटिभ देखिएपछि संक्रमित बालिकाको परिवारका सदस्य, घुममिल भएका छिमेकी, बिरामी ओसार–पसारमा सहयोग गरेका आफन्त, सशस्त्र प्रहरी जवान, शिक्षक, स्थानीय लगायत १७ जनाको पिसिआर परिक्षणका लागि बुधबार स्वाव संकलन गरिएको र सो को रिपोर्ट नआएसम्मका लागि वडालाई ‘शिल’ गर्ने निर्णय गरिएको हो ।

    भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्यमा सुधार नआएपछि अन्यत्र रेफर गरिएको थियो । रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पूष्टी भएपछि मंगलबारदेखि जिल्ला अस्पतालको आकस्मिक तथा प्रशुती बाहेकका सेवा पनि बन्द गरिएको छ ।
    बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको नमूना संकलन गरेर पिसिआर परिक्षणका लागि मंगलबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएकाले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयाँलले बताए ।

    योसँगै जिल्लाबाट पिसीआर परिक्षणमा पठाइएकामध्ये २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ जना र ७ जना प्रहरी जवानलाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
    यसैविच, हालसम्म १३ सय ४१ जनाको पिसीआर परिक्षण गरिएको र नौ जना संक्रमित उपचाररत रहेको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत शैलेस श्रेष्ठले जानकारी दिए । ९६ जनाको पिसीआर परिक्षणको रिपोर्ट आउँन बाँकी छ ।२०७७ भदौ १० गते अपरान्ह ३ :३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology