समायोजन खबर खोटाङ, प्रदेश १ मा सोमबार तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना पुरुष र कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा एकजना पुरुषको मृत्यु भएको छ ।
वीपीमा आइतबार साँझ धरान–८ का ६७ वर्षीय पुरुषको निधन भएको थियो । प्रतिष्ठानमा पहिलो पहिलो प्लाज्मा थेरापी गरिएका पुरुषको मृत्यु भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभएको हो ।
यसैगरी वीपीमै सोमबार दिउँसो सिराहाको मलहाना–२ गोविन्दपुरका २२ वर्षीय युवकको मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । कोशीको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको थियो ।
पछिल्लो २४ घण्टामा तीनजनाको मृत्युसँगै ६४ जना संक्रमित थपिएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको सूचनामा २४ महिला र ४० पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेका छन् ।२०७७ भदौ ८ गते साँझ ६ :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology