• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ७४ वर्षीया माझीले पाईन नेपाली नागरिकता

खोटाङमा ७४ वर्षीया माझीले पाईन नेपाली नागरिकता


समायोजन खबर
  • शनिबार, भाद्र ६ २०७७

  • ७४ वर्षीया विवा माझीलाई नागरिकता दिंदै गाउँपालिका अध्यक्ष लिलानाथ निरौला (दायाँ) र प्रजिअ शालिग्राम शर्मा पौडेल ।

    चिसाङ शेर्पा खोटाङ, खोटाङमा ७४ वर्षीया विवा माझीले नेपाली नागरिकता पाएकी छन् । रावाबेंशी गाउँपालिका–३ लामिडाँडा हलिवनका माझीले शनिबार आफ्नै घरमा नेपाली नागरिकता पाएकी हुन् । उनी आँखा देख्न सक्दिनन् ।
    बृद्ध, अशक्त तथा अपांगता भई हालसम्म जिल्ला प्रशासन कार्यालय दिक्तेलमा उपस्थित भई नागरिकता लिन नसकिरहेका माझीसहित ४ जनालाई स्थलगत अनुगमन गरी नेपाली नागरिकता प्रदान गरिएकोे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको नेतृत्वमा गएको टोलीले माझीसहित लामिडाँडा भालुढुंगाका ७१ वर्षीया फुल कुमारी माझी, ६८ वर्षीया खरा माझी र तिर्पाका २२ वर्षीय रेवत मगरलाई नागरिकता प्रदान गरेको रावाबेंशी गाउँपालिकाका कम्प्युटर अपरेटर नर बहादुर श्रेष्ठले बताए ।
    फुलकुमारी दिर्घ रोगी हुन् । अन्य सबै अपांग हुन् । उनीहरुलाई रावाबेशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला, प्रजिअ पौडेलले नागरिकता हस्तान्तरण गरेका छन् ।२०७७ भदौ ६ गते राती ९ :३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology