समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारको संक्रमण देखा परेको छ । हालसम्म बाहुनीडाँडाका पाँच स्थानीयालाई कालाजार लागेको र उपचारपछि घर फर्किसकेको स्वास्थ्यचौकी बाहुनीडाँडाका अहेव मदन पण्डितले बताए । सबैजना फरक–फरक समयमा उपचारबाट फर्किएपछि मात्र कालाजार लागेको विषयमा जानकारी भएको स्वास्थ्यचौकीले जनाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा चार जनालाई र चालु आर्थिक वर्ष एक जनालाई कालाजार भएको रेकर्ड राखिएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले बताए । तराईमा देखिने कालाजारबाट बिरामी हुनेमा १२ वर्षका बालिकादेखि ५९ वर्षका बृद्धसम्म छन् ।
पाँच जनामध्ये चार जनाको ओखलढुंगामा र एक जना महिलाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वास्थ्य परिक्षणकाक्रममा कालाजार भएको पूष्टी भएको जनाइएको छ । यस बारेमा स्वास्थ्य कार्यालय र प्रदेशलाई पनि जानकारी गराइसकिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले भने कालाजारको आशंकामा एक जनालाई मात्र अन्यत्र पठाइएको बताए ।
कालाजार लागे पछि ज्वरो आउने, मान्छे दुब्लाउदै जाने, खाना नरुच्ने, रक्त अल्पता हुने, छाला डढेकोजस्ते कालो हुने, अधिक तौल घट्ने लगायतका लक्षण देखिने गरेको छ ।२०७७ भदौ ४ गते अपरान्ह ३ :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology