• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

घरैमा बसेर तीज मनाउन प्रशासनको आग्रह, भीडभाड गरे कारवाही

घरैमा बसेर तीज मनाउन प्रशासनको आग्रह, भीडभाड गरे कारवाही


समायोजन खबर
  • बिहिबार, भाद्र ४ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, जिल्ला प्रशासन कार्यालय खोटाङले हरितालिका तीज घरैमा मनाउन आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएकाले संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि घरैमा तीज मनाउन आग्रह गरेको हो ।
    सार्वजनिक स्थलहरुमा सामूहिक रुपमा मानिसहरु जमघट भेला हुने गरी मनाउने कार्यहरु पूर्णरुपमा निषेध गर्नुपर्ने भएकाले हरितालिका तीज लगायतका चाडपर्वहरु आ–आफ्नो घरैमा बसी मनाउन सूचनामार्फत आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्याम कुमार राईले बताए ।
    घरैमा बसेर मनाउन पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भौतिक दुरी कायम गरेर परिवारका सदस्यसँग मात्र मनाउन आग्रह गरिएको सहायक प्रजिअ राईले बताए ।
    तीज लगायतका अन्य चाडपर्वहरु सार्वजनिक स्थलमा भीडभाड गरि मनाएको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।२०७७ भदौ ४ गते दिउँसो २ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology