समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले टोल–टोलमा शिक्षक खटाएर सञ्चालन गरिरहेको पठनपाठन स्थगन गरेको छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणको कारण अनिश्चितकालका लागि पठनपाठन स्थगन गरेको हो ।
लकडाउन खुल्ला भएपश्चात बालबालिकाको शैक्षिक क्षतिलाई दृष्टिगत गरी साउन ७ गतेबाट ‘गाउँटोल वस्ती सिकाई सहजिकरण अभियान’ नाम दिएर सुरु गरिएको पठनपाठन बुधबार बसेको गाउँशिक्षा समितिको बैठकले भोली (भदौ ४ गते)देखी अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन (बन्द) गरेको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जानकारी दिए ।
कोरोना भाइरसको प्रकोप यथावत रहेकाले शैक्षिक क्षेत्रमा ठूलो असर पुगेकाले गाउँपालिकाभरीका ४८ वटा विद्धालयका ५ हजार ५१२ जना विधार्थीलाई १५१ वटा केन्द्र बनाई दुरी कायमगरी स्वास्थ्य सर्तकता अपनाएर पढाइरहेका थियौ । गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले भने, “तर पछिल्लो समयमा कोरोनाको बढ्दो संक्रमण देखिएकाले अर्को सूचना जारी नभएसम्म पठनपाठन बन्द गरेका हौ ।”
गाउँपालिकाले विधार्थीहरुलाई विद्धालय, घर तथा पाटीमा केन्द्र बनाएर पढाउदै आएको थियो । उनीहरुको शिक्षण सिकाईका लागि बाल विकास केन्द्रमा कार्यरत सहित २७६ शिक्षक/शिक्षिका टोल–टोलमा खटेका थिए ।
यस गाउँपालिकाले हालसम्म संम्भावित ७२ जनाको पीसीआर परिक्षण गरिसकेको छ । जसमा १ जनामा कोरोना संक्रमण देखिएको छ । भारतको गुजरातबाट आई बतासेको भण्डारेघाट क्वारेन्टिनमा बसेका याम्खाका २६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी हाल उदयपुर बेल्टारको आइसोलेसन सेन्टरमा उपचाररत छन् ।
मंगलबार मात्रै भारत तथा तेश्रो मुलुकबाट आएर क्वारेन्टिनमा बसेका, अग्रपक्तीमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, होटलबाट क्वारेन्टिनमा खान लैजाने ब्यक्ति, जनप्रतिनिधिको स्वाव संकलन गरेर बुधबार पीसीआर परिक्षणका लागि स्वाव विराटनगर पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मुस्ताक अहमद मन्सुरीले जानकारी दिए ।२०७७ भदौ ३ गते राती ८ :५५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology