• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना सङ्क्रमणबाट हेटौडा र बिराटनगरमा दुईको मृत्यु

कोरोना सङ्क्रमणबाट हेटौडा र बिराटनगरमा दुईको मृत्यु


समायोजन खबर
  • बुधबार, भाद्र ३ २०७७

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, कोरोना संक्रमणबाट मकवानपुरको हेटौडा र मोरङको बिराटनगरमा एक/एक जनाको मृत्यु भएको छ । गएराति हेटौडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौडा–४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिए ।

    किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पिसिआर परीक्षण गर्दा उक्त मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । मृतक लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थिए।

    यस्तै,मोरङको बिराटनगरमा कोरोनाका कारण थप एक जनाको ज्यान गएको छ । बुढीगंगा गाउँपालिका–२ की ६५ वर्षीया महिलाको ज्यान गएको हो ।
    गएको साउन २५ गते विराट मेडिकल कलेजमा भर्ना भएकी ती महिलालाई फेरि २७ गते कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोरानाको रिपोर्ट नेगेटिभ आएपछि घर लगिए पनि स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा गएराति ज्यान गएको हो ।
    प्रतिष्ठानमा भएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट आएलगत्तै ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।२०७७ भदौ ३ गते अपरान्ह ३:२७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology