समायोजन खबर खोटाङ, फरक–फरक समयमा खोटाङका १९ जनालाई कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ । कोरोना महामारीको संक्रमण सुरु भएयता उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
जिल्ला अस्पताल खोटाङका डाक्टर शैलेस श्रेष्ठका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १ जना र केही समयअघि बिराटनगरबाट जिल्ला प्रहरी कार्यालय दिक्तेलमा सरुवा भई आएका ६ प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जनागरी १२ जना उपचारपछि घर फर्किसकेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका १ जना र ६ प्रहरी जवान उपचाररत छन् ।
भारतको गुजरातबाट आई बतासेको भण्डारेघाट क्वारेन्टिनमा बसेका दिप्रुङ चुइचुम्मा गाउँपालिकाका–१ याम्खाका २६ वर्षीय कोरोना संक्रमित पुरुष उदयपुर बेल्टारको आइसोलेसन सेन्टर र ६ प्रहरी जवान जिल्ला अस्पतालको आइसोलेसन सेन्टरमा उपचाररत रहेको डाक्टर श्रेष्ठले बताए ।
हालसम्म दुई नगरपालिका, आठ गाउँपालिकामा भारत तथा तेश्रो मुलुकबाट आएका ब्यक्ति तथा अग्रंपक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतगरी १ हजार ६८ जनाको पीसीआर परिक्षण गरिएको छ । यस्तै, कोरोना महामारीको क्रममा जिल्लाभर ८ हजार परिवारलाई राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।२०७७ भदौ ३ गते बिहान ११ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology