चिसाङ शेर्पा खोटाङ, यतिबेला देशभरका सामुदायिक तथा नीजि विद्धालयहरु कोरोना महामारीका कारण बन्द छ । तर, कोरोना महामारीले नछोएको यस्तो एउटा विद्धालय पनि छ जहाँ कोरोनाको कुनै असर परेको छैन । व्यवहारिक शिक्षामा अब्बल तथा देशकै नमुना विद्धालयको परिचय बनाएकोे खोटाङको ‘जनजागृती विद्धालय’मा कोरोनाको असर नदेखिएको हो ।
शुभद्रा–मदन फाउण्डेसनद्धारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा डाँडागाउँमा सञ्चालित विधालयमा कोरोनाको कुनै असर छैन । त्यहाँ अहिले पनि निर्वाधरुपमा पठनपाठन भइरहेको छ । २०६८ सालदेखी खासगरी ब्यक्तिको लागि क्षमता शिक्षा, देशका लागि अर्थतन्त्र शिक्षा र संसारका लागि स्वच्छ वातावरण शिक्षा दिंदै आएको विद्धालयमा शिक्षक, विधार्थीहरु खुशी हुँदै शैक्षिक क्रियाकलापमा व्यस्त देखिन्छन् । स्वास्थ्य देखिन्छन् ।
‘अहिले कोरोनाका कारण देशभर स्कुलहरु बन्द छ, पढ्ने स्थिती छैन ।’ विधार्थी कृतिका राई भन्छिन् “पहिलेकै अवस्थामा अहिले पनि पढ्न, लेख्न, सिक्न पाउँदा खुशी लागेको छ ।” कोरोनाले बाहिरका स्कुलहरु बन्द छ । त्यहाँ पढ्न सक्ने अवस्था छैन । विधार्थीहरु घरमै बस्नुपरेको अवस्था छ । अर्का विधार्थी समिर लाप्चा खुशी साट्दै थप्छन्, हाम्रो स्कुल चाँहि पहिलेकै अवस्थामा चलिरहेको छ, पढ्न पाउँदा हर्षित छु । विधार्थी अविशेक रामलाई पनि शैक्षिक गतिविधि चलिरहंदा ज्यादै खुशी लागेको छ ।
बाहिर तथा भित्र शैक्षिक गतिविधि गरेर विधार्थीलाई सिकाउने विषयमा कुनै कसर बाँकी नराखेको शिक्षक टेकबहादुर कार्की बताउँछन् । साँच्चिनै कोरोना कहरको विचमा यसरी विधार्थीलाई सिकाउन पाउँदा समग्र शिक्षकहरु खुशी छौ । उनले भने । कोरोना महामारी सुरु भयो भन्ने वितिक्कै सचेतताका साथ विधार्थीहरुलाई पनि बाहिर जान दिएनौ । यो आवसीय स्कुल हो । फाउण्डेसनका प्रवन्ध निर्देशक सूर्य राईले भने, ‘त्यसपछि कुनै पनि कर्मचारीलाई विदा दिएनौ, नियमित खानपान, दैनिकीलाई एकदमै होसियारी राखेर अगाडी बढ्यौ, जसले गर्दा हामीमा कोरोना महामारीले त छोएको छैन नै । त्यो भन्दा अरु रोगहरुले पनि हामीलाई छोएको छैन ।’
कृषिविज्ञ मदन राईको परिकल्पनामा ब्यक्तिको लागि क्षमता शिक्षा, देशका लागि अर्थतन्त्र शिक्षा र संसारका लागि स्वच्छ वातावरण शिक्षासहित सरकारी पाठयक्रमलाई १२ प्रकारमा सरलीकरण गरेर पढ्दै र पढेकालाई व्यवहारमा उतार्र्दै आएकोे विधालयले मनोरञ्जन शिक्षा, भाषा शिक्षा, विज्ञान शिक्षा, खाना शिक्षा, लुगा शिक्षा, घर शिक्षा, प्रविधि शिक्षा, स्वास्थ्य/यौन शिक्षा, मानविकी/व्यवस्थापन शिक्षा, सिर्जनशिलता शिक्षा, आत्महत्या शिक्षा र सन्तुलन शिक्षा दिंदै आएको छ । नेपालको हिमाल, पहाड र तराई गरी ४४ जिल्लाका १५० बढी विधार्थीहरु यस विद्धालयमा अध्ययनरत छन् ।
टोल–टोलमा शिक्षक खटाएर पठनपाठन
जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोरोना महामारीकोविचमै स्वास्थ्य सर्तकता अपनाएर असार ७ गतेबाट पठनपाठन सुरु गरेको छ । कोरोना भाइरसका कारण ठप्प रहेको पठनपाठनलाई टोल–टोलमा शिक्षक/शिक्षिका खटाएर शैक्षिक क्रियाकलाप अगाडी बढाउने निर्णय अनुसार पठनपाठन सुरु गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विधार्थीहरुलाई पढाइदै ।
कोरोना भाइरसको प्रकोप यथावत रहेकाले शैक्षिक क्षेत्रमा ठूलो असर पुगेकाले गाउँपालिकाभरीका ४८ वटा विद्धालयका ५ हजार ५१२ जना विधार्थीलाई १५१ वटा केन्द्र बनाई दुरी कायम गर्दै पढाउन थालिएको हो । केन्द्र विद्धालय, घर तथा पाटीमा बनाइएको छ । उनीहरुको शिक्षण सिकाईका लागि बाल विकास केन्द्रमा कार्यरत सहित २७६ शिक्षक/शिक्षिका टोल–टोलमा पुगेका छन् । २०७७ भदौ २ गते बिहान ८ :५६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology