समायोजन खबर खोटाङ, गायक प्रदिप राई आफ्नी दश वर्षीया भतिजी वर्षा राईसँगै साँगीतिक दुनियाँमा उदाएका छन् । गीत सँगीतमै आफ्नो भविश्य खोजीरहेका गायक प्रदिप ‘साप्सुको छल्को’ बोलको गीत लिएर भतिजी वर्षासँगै साँगीतिक दुनियाँमा उदाएका हुन् ।
स्वर्णिम सुदिप र एस पल्लवको शब्द रचना रहेको सो गीतमा आफ्नै जन्मभूमि खोटाङको विभिन्न पर्यटकीयस्थलहरुको वर्णन गरिएको छ । गायक तथा सँगीतकार जनम थुलुङको सँगीत रहेको गीतको संयोजन राजु कार्कीले गरेका छन् ।
म्युजिक भिडियोसमेत निर्माण गरिएको लोकआधुनिक विद्यामा आधारित गीतमा मायाँ पिरतीको भाव झल्किने शब्दहरु प्रयोग गरिएको छ । प्रवेश राईको निर्देशनमा निर्माण गरिएको यो गीतको म्युजिक भिडियो गायक तथा सँगीतकार थुलुङको व्यक्तिगत युट्युब च्यानल ‘जनम थुलुङ’मार्फत सार्वजनिक गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मिएका गायक प्रदिप जिल्लामा आयोजित साँगीतिक कार्यक्रममा धेरैले रुचाएका गायकमा पर्छन् । किराँत राई साँस्कृतिक कलाकार सङ्घले आयोजना गरेको यलम्बर सँगीत प्रतियोगिताको तेस्रो सँस्करणमा सेकेण्ड रनरअप भएका गायक प्रदिपको यो पहिलो गीत हो ।२०७७ भदौ १ गते राती ९ :०१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology