• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राति १२ बजेदेखि धनकुटामा लकडाउन

राति १२ बजेदेखि धनकुटामा लकडाउन


समायोजन खबर
  • बिहिबार, साउन २९ २०७७

  • धनकुटा बजार ।

    समायोजन खबर खोटाङ, कोरोना भाईरस ( कोभिड १९ ) को संक्रमण देखिएपछि धनकुटा जिल्लामा पुनः बिहीबार राति १२ बजे बाट लकडाउन हुने भएको छ ।

    समुदायमा कोरोनाको संक्रमण फैलिएको आशंकामा स्थानीय तहले लकडाउनको निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    ककेहिदिन अघि धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य कुसुमकुमारी श्रेष्ठ र उहाँका श्रीमानलाई समेत कोरोना पोजेटिभ देखिएको थियो । यसबीचमा उहाँहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम समेत हुने जिल्ला प्रशासनले जनाएको छ ।

    लकडाउन धनकुटा नगरपालिका एरियाको वडा नं १ देखि वडा नं २ साविक भिरगाउँ गाविस बाहेक वडा नं ३,४,५,६ र ७ वडा नं हरु कोशी राजमार्गको त्रिशुले देखि पात्ले खोला सम्मका क्षेत्रहरु हिले बजार, निगाले, कागते,  धनकुटाका मुख्य बजार क्षेत्रहरु हुलाक टोल, तल्लोकोप्चे, माथिल्लो कोप्चे, देब्रेवास, विज बजार, सिरान बजारहरु पर्ने छन् । ।

    धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी केशब प्रसाद विमलीका अनुसार बिहीबार राति १२ बजे देखि सुरु हुने लकडाउन पूर्णत कडाईका साथ लागु गरिने र त्यस अवधिमा जनताका अत्यावश्यक वस्तुहरु बाहेक सम्पर्ण बन्द रहने बताउनु भएको छ ।

    यस अघि धनकुटामा जेठ ३ गते जिल्ला अस्पतालमा एक स्वास्थ्य कर्मी महिलालाई कोरोना पोजेटिभ देखिए पछि जिल्ला अस्पाताल ५ दिन सम्म सिल गरिएको थियो ।२०७७ साउन २९ गते दिउँसो २ :१० मा प्रकाशित

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology