• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रतितोला चौबीस सयले बढ्यो सुन

प्रतितोला चौबीस सयले बढ्यो सुन


समायोजन खबर
  • बिहिबार, साउन २९ २०७७

  • साँकेतिक तस्विर।

    समायोजन खबर खोटाङ,नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला रु छ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले बढेको छ ।

    बुधबार प्रतितोला रु ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला रु ९७ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ९४ हजार ९०० बाट बढेर रु ९७ हजार ३०० पुगेको छ ।

    तोलामा एक लाखमाथि पुगेको पहेँलो धातुको मूल्य केही दिनयता निरन्तर घटेर आज फेरि वृद्धि भएको हो । यही साउन २३ गते स्थानीय बजारमा पहेँलो धातुको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाला सुन प्रतितोला रु एक लाख तीन हजार ५०० र तेजाबी सुन प्रतितोला रु एक लाख तीन हजार पुगेको थियो ।

    चाँदीको मूल्यमा पनि प्रतितोला रु ८५ वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला र एक हजार २९५ तोकेको छ ।२०७७ साउन २९ गते दिउँसो २ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology