समायोजन खबर खोटाङ, आज नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयले गरेको आजको प्रेस ब्रिफिङमा १ सय ७१ जना डिस्चार्ज भएको उल्लेख गरिएको छ । अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ६६४ पुगेको छ भने मृतकको संख्या ८३ पुगेको छ ।
यस्तै, काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १३४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको बताउनुभयो ।
जसअनुसार काठमाडौंका ११० , भक्तपुरमा ८ र ललितपुरमा १६ जनामा गरी कुल १३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।२०७७ साउन २७ गते साँझ ६ :०९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology