• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा ५६ जनाको स्वाव संकलन

दिक्तेलमा ५६ जनाको स्वाव संकलन


समायोजन खबर
  • शुक्रबार, साउन २३ २०७७

  • दिक्तेलस्थित सरस्वती माविमा स्वाव संकलन गर्दै स्वास्थ्यकर्मी । तस्विर, मेयर दिपनारायण रिजाल सचिवालय ।

    समायोजन खबर खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाले शिक्षक, प्रहरी र वैदेशिक रोजगारीबाट फर्केकाहरुको स्वाव संकलन गरेको छ । जोखिम क्षेत्रबाट आएका शिक्षक, क्वारेन्टिन सुरक्षामा खटेका प्रहरी र वैदेशिक रोजगारीबाट आई क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमण भए/नभएको जाँच गर्न शनिबार दिक्तेलस्थित सरस्वती माविमा स्वाव संकलन गरेको हो ।
    लकडाउनका वेला घर गएका शिक्षकलाई फर्कन आग्रह गरिएको र विद्धालय सञ्चालन तयारीका लागि जोखिम क्षेत्रबाट आएका ३४ जना शिक्षक, क्वारेन्टिन सुरक्षामा खटेका २ जना प्रहरी र विभिन्न बाहिरी मुलुकबाट आई दिक्तेलस्थित सरस्वती मावि क्वारेन्टिनमा बसेका २० जना गरी ५६ जनाकोे स्वाव संकलन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिए ।
    सवैको स्वाव परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी गरिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यका अनुसार भोली (शनिबार) बिहान ती स्वाव धरान पठाईनेछ । यस नगरपालिकामा ६ जना कोरोना संक्रमित भेटिएको थियो । उनीहरु फरक–फरक समयमा कोरोना जितेर घर फर्किसकेका छन् ।
    यस्तै, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना र बराहपोखरी गाउँपालिकाका १ जना कोरोना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किसकेका छन् ।२०७७ साउन २३ गते साँझ ६ :१० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology