• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान

फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान


समायोजन खबर
  • बुधबार, साउन २१ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, सोलुखुम्बु सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा ‘वाक थ्रु मेटल डिटेक्टर’ यन्त्र जडान गरिएको छ । विमानस्थल सञ्चालमा आएको ४४ वर्षपछि उक्त यन्त्र जडान गर्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख प्रकाश शर्माले जानकारी दिए ।
    कार्यालयका अनुसार सोलुखुम्बुलाई हवाई मार्गमा जोड्ने उद्देश्यले निर्माण गरिएको विमानस्थलमा पहिलोपटक विसं २०३२ मा पिलाटस विमानले उडान भरेको थियो भने २०३४ सालदेखि टुइनेटर विमानले उडान भर्न शुरु गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय हवाई सुरक्षा विभागको आर्थिक लगानीमा उक्त यन्त्र जडान गरिएपछि चेकजाँचमा सहज हुने विमानस्थल कार्यालयले जनाएको छ । यसअघि प्रहरी कर्मचारीले हातले जाँच गर्नुपर्ने बाध्यता थियो । अब भने कुनै पनि व्यक्तिले संवेदनशील सामग्री बोकेको खण्डमा साइरन आफैँ बज्ने हुँदा सहज हुने कार्यालयको भनाइ छ ।
    विशिष्ट कक्ष छ, सञ्चालनमा छैन
    फाप्लु विमानस्थमा विशिष्ट कक्ष भए पनि सञ्चालनमा ल्याउन नसकिएको विमानस्थल प्रमुख शर्माको भनाइ छ । “विशिष्ट कक्ष छ, तर आवश्यक सामग्री व्यवस्थाको लागि बजेट अभाव हुँदा सञ्चालन गर्न सकिएन”, प्रमुख शर्माले भन्नुभयो, “सम्बन्धित निकायमा पहल गरिरहेका छौ, सगरमाथाको जिल्ला भएकाले पनि यो अति महत्वपूर्ण छ ।”
    भौतिक संरचनाका हिसाबले विमानस्थलमा सुधारको कार्य आवश्यक रहेको बताइएको छ । अपाङ्गमैत्री संरचना नहूँदा बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई समेत सेवा लिन समस्या हुने गरेको छ । धावनमार्गसम्म जान तथा आउनका लागि निकै कठिन हुने गरेको स्थानीयवासी कान्छा शेर्पाको भनाइ छ ।
    उक्त विमानस्थलमा नेपाल एयरलाइन्स, तारा र समिट एयरले साप्ताहिक रुपमा उडान भर्दै आएका छन् । काठमाडौँ–फाप्लु तथा फाप्लु–लुक्लासमेत उडान हुने गरेको छ । खुम्बुका लागि आवश्यक सामग्री फाप्लुबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा ढुवानी हुने गरेको छ ।
    फाप्लु विमानस्थलसँग सङ्घीय तथा प्रदेश राजधानी जोड्ने सडक पिच भए फाप्लुसम्म ढुवानी भएको सामग्री हवाई सेवामार्फत खुम्बु लैजान सहज हुने व्यवसायीको भनाइ छ । विमानस्थलको भौतिक संरचना तथा अवस्थाको सांसद हेमकुमार राईको टोलिले गत चैत ३ गते सम्बन्धित मन्त्रालय तथा प्राधिकरणको ध्यानाकर्षण गराएको थियो । फाप्लु विमानस्थलमा वाक थ्रु मेटल डिटेक्टर मेशिन जडानका लागि तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गरिएबमोजिम नै कार्य भएको सांसद राईका स्वकीय सचिव भूपेन्द्र कट्टेलले बताए ।२०७७ साउन २१ गते मध्यान्ह १२ :५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology