• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संघीय निजामती सेवा विद्येयक अमान्य : पोखरेल

संघीय निजामती सेवा विद्येयक अमान्य : पोखरेल


समायोजन खबर
  • बुधबार, साउन २१ २०७७

  • दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका कार्यबाहक अध्यक्ष भोलानाथ पोखरेल ।

    समायोजन खबर खोटाङ,निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका कार्यबाहक अध्यक्ष भोलानाथ पोखरेलले संघीय निजामती सेवा विद्येयक मान्य नहुने बताएका छन् । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन जिल्ला कार्यसमिति खोटाङले मंगलबार दिक्तेलमा आयोजना गरेको ‘संघीय निजामती सेवा विद्येयक विषयक छलफल तथा अन्तरक्रीया’ कार्यक्रमलाई प्रमुख अतिथिकारुपमा सम्बोधन गर्दै ट्रेड यूनियनका कार्यबाहक अध्यक्ष पोखरेलले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकमा भएको गलत व्यवस्था सच्याउनु पर्ने धारणा राखेका छन् ।
    आधिकारिक ट्रेड यूनियनका कार्यबाहक अध्यक्ष पोखरेलले पुर्ववत् प्रावधान सहितको राष्ट्रियस्तरको ट्रेड युनियन र आधिकारिक ट्रेड युनियन यथावत राखेर संघ, प्रदेश र स्थानीय तहबीच अन्तर सम्बन्ध कायम हुने व्यबस्था गर्न, निजामती कर्मचारीको परिभाषाभित्र संघीय कानून बमोजिम प्रदेश र स्थानिय तहमा समायोजन भएका राष्ट्रिय कितावखानाबाट संकेत नम्बर प्राप्त गरेका कर्मचारीलाई समेट्न सरकारको ध्यानाकर्षण गराए । ‘विद्येयकमा निजामती कर्मचारीले खाईपाई आएको सेवा सुविधालाई सुनिश्चित गरिनुपर्छ,’ कार्यबाहक अध्यक्ष पोखरेलले भने, ‘राज्य व्यवस्था तथा सुशासन समितिबाट असार १५ गते पारित संघीय निजामती सेवा ऐनको मस्यौदा हामीलाई मान्य छैन । कर्मचारीमैत्री भए मात्र मान्य हुन्छ ।’
    कार्यक्रममा सहभागी निजामती कर्मचारीले हाल भइरहेका सेवा सुविधा कटौती गर्न नहुने, खुला तथा आन्तरिक प्रतिष्पर्धाको प्रावधान नहटाउन, माथिल्लो पदमा पदोन्नती हुँदा सुरुदेखिको सेवा अवधि नजोडिने व्यवस्था हटाएर कर्मचारीलाई ‘प्रोडक्टिभ’ काम गर्ने र कर्मचारीलाई उपयोग गर्ने विद्येयक ल्याउनका लागि पहल गर्न सुझाव दिएका छन् । यस्तै, समायोजनमा परेका कर्मचारीलाई ‘ओरिन्टेसन’को व्यवस्था गर्न, तल्लो पददेखि माथिल्लो पदमा कार्यरत कर्मचारीका लागि न्यायीक सेवा सुविधाको व्यवस्था मिलाउन, प्रदेश र स्थानीय तहमा सम्वन्धित तहकै कर्मचारी प्रमुख हुने व्यवस्थाका लागि कार्यबाहक अध्यक्ष पोखरेलले ध्यानाकर्षण गराएका छन् । सहभागी कर्मचारीले सरुवा प्रणालीलाई स्वचालित, चक्रिय र पुर्वानुमानयोग्य वनाउन, ‘आफ्नो मान्छे, भनसुनको मान्छे, चाकडी, चाप्लुसि, हजुरियाको मान्छे, डर त्रास धम्कीको मान्छे’लाई प्राथमिकतामा राखेर काम गर्ने प्रचलनको अन्त्याको माग गरेका छन् ।
    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायतले पनि बोलेका थिए । कार्यक्रम निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन जिल्ला कार्यसमितिका अध्यक्ष ध्रुबकुमार कार्कीको सभापतित्वमा भएको थियो ।२०७७ साउन २१ गते बिहान ८ :२९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology