• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोमबार प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

सोमबार प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण


समायोजन खबर
  • सोमबार, साउन १९ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, प्रदेश १ मा सोमबार ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङका ४६ मध्ये २२ जना विराटनगर महानगरपालिकाका छन् । जसमा सात जना प्रहरी, तीनजना स्वास्थ्यकर्मी, प्रदेश मुख्य न्यायान्याधिवक्तालगायत छन् ।

    रंगेली नगरपालिकामा पनि २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित १३ पुरुष, ९ महिला छन् । कटहरी गाउँपालिकामा पनि २ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाको अर्जुनधारामा ५ पुरुष, विर्तामोडमा १ महिला, सुनसरीको इटहरीमा ३, धरान र इनरुवामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १२८ पुगेको छ ।

    यस्तै प्रदेश १ बाट ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिला र ५ पुरुष डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको छ ।२०७७ साउन १९ गते साँझ ५ :४१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology