• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थप २ सय ४६ जनामा कोरोना पुष्टि,१११ जना डिस्चार्ज

थप २ सय ४६ जनामा कोरोना पुष्टि,१११ जना डिस्चार्ज


समायोजन खबर
  • आइतबार, साउन १८ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ। त्यस्तै हाल देशभर गरी सक्रिय संक्रमितको संख्या पाँच हजार ६७२ छ ।

    आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार ६०३ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ९६४ जना रहेका छन्।

    मन्त्रालयका अनुसार रौटहट र कैलाली जिल्लामा पाँच हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ भने भोजपुर, सङ्खवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला कोरोना सङ्क्रमण शून्य रहेको छ । प्रवक्ता डा गौतमले ६० वर्षमाथिका र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गर्नुभएको छ ।२०७७ साउन १८ गते राती ८ :५८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology