समायोजन खबर खोटाङ, पछिल्लो समय वीरगञ्ज कोरोना भाइरस संक्रमणको हटस्पट बन्दै गएको छ । समयमै खुल्ला सिमा नाकामा उच्च सतर्कता नपनाएको कारण वीरगञ्जमा अहिले स्थिति भयावह भएको स्थानीयको गुनासो छ । कुनै समय नियन्त्रण उन्मुख नै रहेको वीरगञ्ज लकडाउन खुलेसँगै पुनः कोरोनाको हटस्पट बनेको छ । वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम जारी छ ।
शनिबार साँझ ६८ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको छ । उनीमा स्वास्थ्यमा समस्या आएपछि १४ साउनमा ती महिला नारायणी बयोधा अस्पतालमा भर्ना भएकी थिइन । उनको शुक्रबार राति कोरोना संक्रमण मृत्यु पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि बयोधाले कोरोना अस्थायी अस्पताल रिफर गरेको थियो । तर, उनको बयोधामा नै निधन भएको थियो । वीरगञ्जमा हालसम्म ११ जनाको संक्रमणबाट मृत्यु पुष्टि भइसकेको छ ।
यहाँ भारतबाट श्रमिक, भारतमा रहेका नेपाली र भारतीय नागरिकहरू भित्रन थालेपछि संक्रमण बढ्दै गएको हो । कति त लुकीछिपी प्रवेश गर्नेहरु पनि छन् । भारतबाट सुरक्षाकर्मीको आँखा छलेर तथा अन्य ग्रामीण बाटो हुँदै प्रवेश गर्नेहरु तथा स्थानीय स्तरमा काम गर्ने श्रमिकहरु पनि आवत जावत गर्ने गरेको पाइन्छ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित सयौं संख्यामा कोरोना संक्रमित थपिएका छन् ।
यहाँ थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका हुन् । कन्ट्याक्ट ट्रेसिङ र पेड पीसीआर गराएकामा पनि कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले महानगरमा समुदायस्तरमा कोरोना फैलिएको आशंका गर्नुभएको छ ।
महानगर प्रमुख सरावगीको परिवारमा पनि संक्रमण देखिएको छ । सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ । पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यसैगरी वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । श्रीपुरका ३६ वर्षका पुरुष र ४० वर्षीया दुई महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।२०७७ साउन १८ गते बिहान १० :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology