समायोजन खबर खोटाङ, ग्लोबल आइएमई बैंकले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा शाखारहित बैंकिङ सेवा सुरु गरेकोे छ । गाउँमै बैंकिङ सेवाको पहुँच बिस्तार गर्ने लक्ष्यका साथ ग्लोबल आइएमई बैंकले जालपामा शाखा रहित बैंकिङ सेवा सुरु गरेको हो । शनिबार जालपाका वडाध्यक्ष बिकास राईले बैंकको शाखा रहित बैंकिङ सेवा उद्घाटन गरेका हुन् ।
२०७६ साल साउन २२ गतेदेखि कारोबार सुरु गरेको बैंकले जिल्लामा पहिलो शाखा रहित सेवा सुरु गरेको हो । खाता खोल्ने, निक्षेप संकलन, भुक्तानी दाखिला, बैंक सम्वन्धी विभिन्न जानकारी दिनेगरी शाखारहित बैंकिङ सेवा सुरु गरिएको ग्लोबल आइएमई बैंक शाखा दिक्तेलका कर्मचारी युवराज खत्रीले बताए । क्रमशः बाक्सिला, बुईपा, दोर्पा बानाचुङ लगायतका ठाउँमा शाखा रहित सेवा विस्तार गर्ने तयारी गरिएको ग्लोबल आइएमई बैंक शाखा दिक्तेलका शाखाका प्रमुख प्रकाश रेग्मीले बताए ।२०७७ साउन १७ गते साँझ ६ :१८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology