समायोजन खबर खोटाङ, नेपालमा शुक्रबार २ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेको छ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ३१६ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुराको जानकारी दिनुभएको हो । पछिल्लो २४ घण्टामा एक सय ५१ जना काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।
काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।२०७७ साउन १६ गते साँझ ६ :२४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology