• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अग्नि पिडितलाई मझुवा सेवा समाजको आर्थिक सहयोग

अग्नि पिडितलाई मझुवा सेवा समाजको आर्थिक सहयोग


समायोजन खबर
  • शुक्रबार, साउन १६ २०७७

  • अग्नि पिडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिदै ।

    समायोजन खबर खोटाङ, मझुवा सेवा समाज खोटाङले अग्नि पिडित परिवारलाई आर्थिक सहयोग गरेकोे छ । समाजले अग्नि पिडित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोविन्द कट्वालको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
    अग्नि पिडित परिवारलाई शुक्रबार घरमै पुगेर समाजको तर्फबाट १ लाख ३ हजार ८६५ रुपैयाँ आर्थिक सहयोग गरिएको समाजका सचिव बालाराम कट्वालले जानकारी दिए । सहयोग रकम समाजका सदस्य तथा ज्येष्ठ नागरिक मान बहादुर कट्वालले हस्तान्तरण गरेका थिए । अग्नि पिडित कट्वाल मझुवा सेवा समाजका अध्यक्ष पनि हुन् ।
    साउन ७ गते दिउँसो ५ बजे आसपास मिटर बक्सबाट विधुत सर्ट भई आगलागी हुँदा करीव ४० लाखको क्षति भएको थियो । पुर्णरुपमा घरमा क्षति पुगेपछि बिचल्लीमा परेका कट्वाल परिवारलाई सोही दिन नेपाल कम्युनिस्ट पार्टी नगर कमिटी दिक्तेलले फाईबर सिरक ५ थान, फाईबर सिरानी १० थान, डस्ना ५ थान, तन्ना र तकिया ५ थान, म्याट ३० मिटर, चामल ४ बोरा, दाल १० केजी, चिउरा १० केजी, बिस्कुट एक काटुन र तेल एक काटुन सहयोग गरेको थियो ।

    यस्तै, अग्नि पिडित कट्वाल परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले १० हजार, प्रदेश नं. १ का प्रदेशसभा सदस्य रामकुमार राईले ब्यक्तिगत पाँच हजार, खोटाङ यातायात प्रालिले १ लाख २६ हजार ८८५, खोटाङ कुवेत सम्पर्क मञ्चले २१ हजार ४० रुपैयाँ आर्थिक सहयोग गरेको थियो । आगलागीबाट बिचल्लीमा परेका परिवार जलेको घरको भुईतलामा सरसफाई गरेर बसिरहेका छन् ।२०७७ साउन १६ गते साँझ ६ :१६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology