समायोजन खबर खोटाङ, कुवेतले नेपाली नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कुवेतको हिजोको मन्त्रिपरिषद बैठकले नेपालबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।
कवेतले अगष्ट १ देखि व्यवसायिक उडानहरु खोल्दैछ । तर उडान खुले पनि नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सका नागरिकले भने कुवेत प्रवेश गर्न पाउने छैनन् ।
कुवेत खाडीको सानो देश भए पनि त्यहाँ झण्डै ७० हजार नेपाली कार्यरत छन् । गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति खुलेसँगै कुवेत जान पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि बढिरहेको छ ।साउन महिनाको १५ दिनमा मात्रै ८६ जनाले कुवेत जानका लागि पुनः श्रम स्वीकृति लिएका छन् । तर कुवेत सरकारको पछिल्लो निर्णयले उनीहरु तत्काल कुवेत जान पाउने छैनन् ।२०७७ साउन १६ गते बिहान ११ :१६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology