समायोजन खबर खोटाङ, खोटाङको सदरमुकाम दिक्तेलबजारस्थित रत्नपार्क जिरोप्वाइन्टमा जथाभावी निर्माण सामग्रीहरु थुपारिदा यातायात सञ्चालन र पैदल यात्रामा समस्या भएको छ । विभिन्न व्यक्ति तथा निर्माण कम्पनीहरुले असरल्ल निर्माण सामग्रीहरु थुर्पादा समस्या भएको हो ।
केही समयअघि कालोपत्रे भएको सडकमाथि निर्माण कम्पनीहरुले गिट्टी थुपारेका छन् भने, कालोपत्रे सडकमाथि ठूल्ठूला ढुंगाहरु राखेर फुटाईने काम भइरहेको छ । यस्तै ब्यक्तिहरुले पनि जिरोप्वाइन्टको व्यस्त सडकमै निर्माण सामग्रीहरु थुपारेका छन् । व्यस्त सडकमा जथाभावी निर्माण सामग्रीहरु राखिनाले सडकको आयु कम हुने र दुर्घट्ना हुने संम्भावना बढेर गएको छ ।
रत्नपार्क जिरोप्वाइन्टमा निर्माण कम्पनी तथा व्यक्तिहरुले चार महिनादेखी नै निर्माण सामग्री अव्यवस्थित रुपमा सडकमा स्टोर गरिएका कारण दोहोरो रुपमा सवारीसाधन आवतजावत गर्न समस्या भएको खोटाङ यातायात प्रालिले जनाएको छ ।
जिरोप्वाइन्टमा थुपारिएका निर्माण सामग्रीहरुले सडक काम नलाग्ने र सवारी साधन सञ्चालनमा अति नै समस्या भएको भन्दै प्रालिले सडक छेउमा राखिएका सामग्रीहरु तत्काल अन्य स्थानमा राख्न लगाई यातायातका साधनहरुलाई सरल रुपमा आवतजावत हुने वातावरण मिलाइदिन भनि मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पत्रचार गरेर आग्रह गरिएको खोटाङ यातायात प्रालिका कार्यालय प्रमुख होमकिशोर कसजूले बताए ।
२५ असारबाट जिल्लाभित्र सामाजिक दुरी कायम गरी सार्वजनिक यातायात सेवा सुचारु गर्ने सरकारको निर्णय अनुसार जिल्लामा सवारी साधन चलाए पनि मुख्य स्थानको सडकमै दोहोरो यातायातका साधन चलाउन सकस भएको भन्दै प्रालिले नगरपालिकालाई अनुरोध गर्दै जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पठाएको छ ।
यस विषयमा अनुगमन गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । जिरोप्वाइन्टमा यसअघि बसहरु पार्किङ गरेर राख्नेलाई अब पार्किङ गर्न दिइने छैन, पार्किङ गर्न नपाएर गुनासो आएको अथवा वास्तविक समस्या भएर गुनासो आएको हो । त्यो बुझ्छौ नगरप्रमुख रिजालले भने, ‘गाडी नै हिड्न समस्या हो भने, हटाउने व्यवस्था गर्छौ ।’
जिरोप्वाइन्टको सडक लामा नार्गजुनले कालोपत्रे गरेको र कालोपत्रेको केही काम अझै बाँकी रहेकाले टुटफुठ भएमा पछि बनाउने शर्तमा निर्माण सामग्री राखिएको दिब्य ज्योति आरडी रुजन जेभीका आधिकारीक प्रतिनिधि सुनिल राईले बताए । दिक्तेलबजारको रत्नपार्क–बेसक्याम ढलानको काम भइरहेकाले दिब्य ज्योति आरडी रुजन जेभीले जिरोप्वाइन्टमा निर्माण सामग्रीहरु राखेको हो ।२०७७ साउन १४ गते मध्यान्ह १२ :२८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology