• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ९६ हजार नाघ्यो

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ९६ हजार नाघ्यो


समायोजन खबर
  • आइतबार, साउन ११ २०७७

  • साँकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो । कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो हुँदै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो ।

    नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजारमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको भाउले रेकर्ड बनाउँदै गएको छ । नयाँ रेकर्ड बनाउँदै असारमा तोलाको ९० हजार नाघेको सुनको भाउ असार अन्तिममा ९२ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो ।

    यही क्रममा आज अहिलेसम्मकै महँगो तोलाको ९६ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । सुनको भाउ महँगो हुँदा किनबेच ठप्प जस्तै भएको छ । अहिले फाट्टफुट्ट मात्रै कारोबार हुने गरेको व्यवसायीले बताएका छन् । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ५५ रुपैयाँ पुगेको छ ।२०७७ साउन ११ गते मध्यान्ह १२ :०९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology