समायोजन खबर खोटाङ, लगातारको वर्षाका कारण चीनको केरुङ छ्यो ताल फुट्न सक्ने सम्भावना बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय खोटाङले सुनकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको सूचनानुसार अविरल वर्षासँगै ताल फुट्न सक्ने सम्भावना रहेको जानकारी गराउँदै प्रशासनले सुनकोशी नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
नदी किनारका बासिन्दालाई सुरक्षित रहन र स्थानीय सरकारलाई पनि आवश्यक समन्वय गर्न प्रशासनले आग्रह गरेको छ । प्रशासनका अनुसार ताल फुट्दा सुनकोशी नदीमा पानीको बहाव बढेसँगै जिल्लाको संम्भावित जोखिमयुक्त क्षेत्रहरु हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, दुर्छिम, धितुङ र राजापानीका स्थानीयहरुलाई बिशेष सर्तकता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको बतासे, खोटेहाङ गाउँपालिकाको लिच्किराम्चे, बराहपोखरी गाउँपालिकाको बराहपोखरी, सुन्तले, फाक्टाङ, पैवासेरा र जन्तेढुंगा गाउँपालिकाको देविस्थान र बोपुङका स्थानीयहरुलाई पनि बिशेष सर्तकता अपनाउन आग्रह गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी श्याम कुमार राईले सुनकोशी नदी आसपासका बस्ती उच्च जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरिएको जानकारी दिनुभयो । स्थानीय सरकारसँग आवश्यक समन्वय गरेर सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको समेत उहाँले जानकारी दिनुभयो ।२०७७ साउन ७ गते राती ९ :३९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology