समायोजन खबर खोटाङ, नेपाल विधार्थी संघ खोटाङले विरामीहरुलाई फलफूल वितरण गरेको छ । वीपी स्मृति दिवसको अवसरमा बुधबार जिल्ला अस्पताल दिक्तेलमा रहेका विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
मंगलबार परेको ३८ औं वीपी स्मृति दिवसका दिन ‘वीपी स्मृति दिवस र वर्तमान अवस्थामा वीपी विचारको सान्दर्भिकता’ विषयक अन्तरक्रिया कार्यक्रमका कारण समय अभाव भएकाले सोही अवसरमा आज विरामीहरुको स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपाल विधार्थी संघ खोटाङले जनाएको छ । नेविसंघ खोटाङका सभापति राजकुमार बस्नेतको नेतृत्वमा गएको टोलीले अस्पतालमा रहेका १५ जना विरामीहरुलाई फलफूल र हात धुने साबुन वितरण गरेका हुन् ।
विरामीहरुलाई नेविसंघ खोटाङका सभापति बस्नेत, प्रमुख अतिथि नेपाल तरुण दलका जिल्ला अध्यक्ष भिषण राई, नेपाल प्रजातन्त्रिक महासंघ प्रदेश नं १ का सदस्य गोमा राई, नेपाल प्रजातन्त्रिक महासंघका जिल्ला अध्यक्ष अनिल आचार्य, नेपाल लोकतान्त्रिक खेलकुद संघका जिल्ला अध्यक्ष मिलन कसजु, जिल्ला अस्पतालका एमडीजीपी डाक्टर नारायण बराल, जिल्ला अस्पतालका प्रमुख रबिनकुमार फुयल, नेविसंघ जिल्ला कार्य समितिका पदाधिकारीहरुले फलफूल वितरण गरेका हुन् ।२०७७ साउन ७ गते दिउँसो १ :५४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology