समायोजन खबर खोटाङ, खोटाङका कोरोना संक्रमति ११ जनामध्ये ९ जना उपचारपछि घर फर्केका छन् । दिक्तेलका २ जना संक्रमित भने उपचाररत रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यस्तै, दुई नगरपालिका र आठ गाउँपालिका गरी हालसम्म जिल्लाभरी ६१९ जनाको पिसिआर परिक्षण गरिएको छ ।
खोटेहाङ गाउँपालिकामा ४९, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २३१, रावाबेंशी गाउँपालिकामा १२, साकेला गाउँपालिकामा २४, ऐंसेलुखर्क गाउँपालिकामा ५०, जन्तेढुंगा गाउँपालिकामा २२, बराहपोखरी गाउँपालिकामा ७, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ३२, केपिलासगढी गाउँपालिकामा २ जना र हलेसी तुवाचुङ नगरपालिकामा १९० जनाको पिसिआर परिक्षण गरिएको हो । १ हजार ६०८ जनाको आरडिटि परिक्षण गरिएको छ ।२०७७ असार ३० गते अपरान्ह ४ :१३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology