समायोजन खबर खोटाङ, संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । पुरिएका ३ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए।
सिसुवाखोला बेसिन्दामा ८ घर बगेका छन् । सिलिचोङ गाउँपालिका–१ का गेदासिंह कुलुङ, जुद्धबहादुर कुलुङ, सन्दिप कुलुङ, रामधन कुलुङ र भीमबहादुर कुलुङ लगायतको घर पहिरोले बगाएको हो ।
उद्धारको लागि ताम्कु र सिसुवाटारमा रहेको चौकीबाट नेपाल प्रहरी र ताम्कुमा रहेको नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको छ ।
सदरमुकाम खाँदबारीबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गरी ६० जनाको टोली खटिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।२०७७ असार २८ गते दिउँसो १ :११ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology