• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सलहको नयाँ झुण्ड नेपाल आउने सम्भावना, सतर्क रहन आग्रह

सलहको नयाँ झुण्ड नेपाल आउने सम्भावना, सतर्क रहन आग्रह


समायोजन खबर
  • शनिबार, असार २७ २०७७

  • सलह किरा ।

    समायोजन खबर खोटाङ, सलह किराको नयाँ झुण्ड नेपाल प्रवेश गर्ने सम्भावना बढेको भन्दै प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले सतर्क रहन आग्रह गरेको छ ।

    उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरेया आसपासमा झण्डै एक सय ५० हेक्टर जमिनमा फैलिएको सलहको दुई वटा ठूलो झुण्ड नेपालतर्फ अघि बढेकोले नेपालमा सतर्कता अपनाउन र पूर्वतयारी गर्न केन्द्रले अनुरोध गरेको हो ।

    केन्द्रले जरुरी सूचना निकालेर ती झुण्ड एकरदुई दिनभित्रै धनुषा, सर्लाही तथा महोत्तरी आसपासबाट नेपाल प्रवेश गर्ने सम्भावना रहेको बताएको छ । यस्तै राजस्थानको विभिन्न ठाउँमा रहेका विभिन्न झुण्ड पनि दुईरतीन दिनभित्र प्रदेश पाँच र सुदूरपश्चिम प्रदेश हुँदै नेपाल प्रवेश गर्ने सम्भावना रहेको केन्द्रले जनाएको छ ।२०७७ असार २७ गते अपरान्ह ४ : १४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology