• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुनकोशीकोे पानी भण्डारेघाट सिरानमा आईपुग्यो

सुनकोशीकोे पानी भण्डारेघाट सिरानमा आईपुग्यो


समायोजन खबर
  • शुक्रबार, असार २६ २०७७

  • सुनकोशीको पानी लिफ्टिङ प्रविधिबाट बतासेको भण्डारेघाट सिरानमा आइपुगेपछि अनुगमन गर्दै गाउँपालिका अध्यक्ष भुपेन्द्र राईलगायत ।

    समायोजन खबर खोटाङ, लिफ्टिङ प्रविधिबाट सुनकोशीको पानी बतासेको भण्डारेघाट सिरानमा रहेको रिर्जभ ट्याङकीमा आईपुगेको छ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले बतासेस्थित भण्डारेघाटका स्थानीयहरुले दैनिक उपभोग गर्न र सिंचाईका लागि भन्दै सुनकोशीबाट लिफ्टिङ गरेर तानेको पानी भण्डारेघाट सिरानमा रहेको रिर्जभ ट्याङकीमा आईपुगेकोे हो ।
    गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ बाट विनियोजन गरेको ३० लाख बजेटबाट गत माघदेखी थालिएको कोशीको पानी तान्ने काम सकिएसँगै शुक्रबारबाट पानी रिर्जभ ट्याङकीमा आईपुगेको गाउँपालिकाले जनाएको छ । अब सुनकोशीदेखी ८ ईन्चको जिआई पाईपबाट भण्डारेघाटको सिरानमा आएको पानीलाई ४० हजार लिटर क्षमताको ट्याङकीमा जम्मा गरेर शाखा लाईनबाट घरघरमा वितरण गरिनेछ । पानीले ६० घरधुरी बढी लाभान्वित हुनेछ ।
    लिफ्टिङको सफल परिक्षण भएर रिर्जभ ट्याङकीमा आईपुगेको पानीलाई आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट शाखा लाईन विस्तार गरेर खानेपानी घरघरमा पु¥याईने गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । महुरे फोक्सिङटार सडकले छोएको भण्डारेघाटको पानीको समस्या र आगामी दिनमा त्यहाँ बजारीकरण हुने कुरालाई ध्यानमा राखेर खानेपानीको व्यवस्थापन गर्न लागिएको अध्यक्ष राईले सुनाए ।
    अहिले सो भेगका स्थानीयले बतासेकै हमारा भन्ने स्थानको पानी ल्याएर उपभोग गरिरहेको छ । पानीको अभावमा कोशीकै पानी पनि उपभोग गरिरहेका छन् । २०७७ असार २६ गते साँझ ६ :४७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology