समायोजन खबर खोटाङ,खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ्गमा केन्द्रिय विद्युत विस्तारको काम सम्पन्न भएको छ । नेपाल सरकारको ६८ लाख, गाउँपालिकाको १५ लाख गरि ८३ लाखको कुल लागतमा विद्युत विस्तारको काम सम्पन्न भएको हो ।
विद्युत विस्तार भएसँगै उक्त वडाका सिँगापुरे चौक, अल्लेगैरा, खानीगैरा, चापखोरा, नागी, दिप्लुङ्ग लगायतका दुई सय घरधुरी लाभान्वीत भएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए ।
आगामी आर्थिक वर्ष २०७७/२०८८ भित्रमा गाउँपालिकाका सम्पुर्ण वडामा विद्युत विस्तारको काम सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष राईले जनाए । पालिकामा पहिलो पटक गतवर्षको मंसिरमा गाउँपालिका–५ स्थित चिसापानी, खुटा, बितलभ, वाजिपाला, मालबासे बलिसकेका छन् ।२०७७ असार २६ गते साँझ ५ :४३ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology