समायोजन खबर खोटाङ, नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ खोटाङको तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेसको बौद्धिक वर्गहरुको संगठनमा अनिल आचार्य संयोजक रहेका छन् । आचार्यको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
बिहीबार विपि स्मृती भवन दिक्तेलमा भएको घोषणासभा कार्यक्रमले उप–संयोजकमा एलिना राई, सचिवमा दिपेन्द्र राई र कोषाध्यक्षमा मुना चौलागाँईलाई सर्वसम्मत चयन गरेको छ ।
यस्तै,सल्लाहकारमा वरिष्ठ पत्रकार कृष्ण आचार्यको संयोजकत्वमा कानुन व्यवसायी नारायणदास राई, बुद्धिजीवि पवन कुमार थापा र पत्रकार उत्तम चौलागाँई रहेका छन् ।
नेपाली कांग्रेस पार्टीभित्र शुभेच्छा राख्ने बौद्धिक वर्ग, बैंक, वित्तिय, सहकारी, उधोग, लगानीकर्ता, पूर्व प्रशासक, समाजसेवी सम्मेलित बौद्धिक वर्गहरुको संगठन नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघले पार्टीभित्र रहेका अन्तरकलहलाई न्यूनिकरण गर्न, पार्टी र जनप्रतिनिधि तथा विभिन्न भातृ संगठनहरुलाई सम्पर्कको माध्यमबाट एकता गराउन मद्दत गर्ने संयोजक आचार्यले बताए ।२०७७ असार २५ गते राती ९ : ४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology