समायोजन खबर खोटाङ, खोटाङको रावाबेँसी गाउँपालिकाका सात जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेको अवस्थामा लकडाउन भएपछि घर आएका सात स्थानीयको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनीहरुको स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि बिराटनगर पठाइएको थियो । 
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिकाबाट थप २७ जनाको पिसिआर परिक्षणका लागि स्वाव परिक्षणमा पठाइएको छ । विभिन्न देशबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २० जना र साकेला गाउँपालिकाका ७ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर पठाइएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट बुधबार र साकेला गाउँपालिकाबाट बिहिबार स्वाव संकलन गरेर परिक्षणमा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।२०७७ असार २५ गते राती ८ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology