• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साउन ७ गतेसम्म चार महिनाको विद्युत् महसुल तिरेमा जरिबाना नलाग्ने

साउन ७ गतेसम्म चार महिनाको विद्युत् महसुल तिरेमा जरिबाना नलाग्ने


समायोजन खबर
  • बुधबार, असार २४ २०७७

  • फाइल तस्विर।

    समायोजन खबर खोटाङ, नेपाल विद्युत् प्राधिकरणले गएको चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही साउन ७ गतेभित्रमा तिरेमा जरिबाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको असार १९ गतेको निर्णयबाट साउन ७ गतेभित्रमा महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिबाना नलाग्ने व्यवस्था गरिएको हो ।

    निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिबाना लाग्ने व्यवस्था छ । तर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिबाना नलाग्ने निर्णय गरेको हो ।

    सरकारले अहिलेकै रुपको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिएको छ । सरकारले लकडाउन अवधि लम्ब्याएपछि प्राधिकरणले पनि त्यहीअनुसार महसुलमा जरिबाना नलाग्ने व्यवस्था गरेको हो ।

    अब गएको चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही साउन ७ गतेभित्रमा तिरेमा जरिबाना लाग्ने छैन । विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड(१९० को कारण अर्थतन्त्रमा समेत गम्भीर असर परेको भन्दै मन्त्रिपरिषद्को चैत १६ गतेको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा विलम्बबापत लाग्ने जरिबाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।

    त्यही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको चैत २५ गतेको ८३० औँ बैठकले जरिबाना छुट दिने निर्णय गरेको थियो ।२०७७ असार २४ गते साँझ ७ : २२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology