समायोजन खबर खोटाङ, सरकारले पाँच वटा जिल्ला कोरोनामुक्त जिल्ला भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ र हुम्लामा एक जना पनि सङ्क्रमित छैनन् ।
यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यस्तै ६ जिल्लामा पाँच सयभन्दा धेरैका दरले सङ्क्रमित रहेका छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा पाँच सयभन्दा धेरैका दरले सङ्क्रमित रहेका छन् ।
यसैबीच सरकारले पालिकाबाट शुल्क लिने स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कारबाहीको चेतावनी दिएको छ । केही स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षण गरेबापत शुल्क लिइरहेको खबर आएकोले त्यसतर्फ सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।सरकारले प्रयोगशालाको सम्पूर्ण परीक्षण खर्च व्यहोर्ने भएकोले पालिकाबाट पैसा नउठान आग्रह गरेको हो ।२०७७ असार २४ गते साँझ ५ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology