• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा थप एक जनामा कोरोना पुष्टि

खोटाङमा थप एक जनामा कोरोना पुष्टि


समायोजन खबर
  • सोमबार, असार २२ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाडाँका ३० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो ।
    भारतबाट आएका उनीमा सोमबार कोरोना पुष्टि भएको जिल्ला अस्पताल खोटाङका डाक्टर शैलेस श्रेष्ठले जानकारी दिए । डाक्टर श्रेष्ठका अनुसार उनको थप विवरण बुझ्ने काम भईरहेको छ । उनमा कोरोना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।

    कोरोना पुष्टि भएका उनलाई माटिकोरेस्थित क्वारेन्टिनमा राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखाका हेल्थ असिन्टेण्ट खेमराज आचार्यले जानकारी दिए । नगरपालिकाबाट पठाइएो ६७ जनाको पिसिआर रिपोर्ट आउँदा उनी १ जनामा कोरोना संक्रमण देखिएको हो । अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।
    योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४, रावाबेंशी गाउँपालिकाका १ र ऐंसेलुखर्क गाउँपालिकाका १ जना कोरोना संक्रमित छन् । उनीहरुलाई उपचारमा पठाइएको छ । हलेसीका ४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।२०७७ असार २२ गते दिउँसो ४ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology