• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

काेराेना जितेर घर फर्किनेकाे सङ्ख्या ६ हजार ५४७ पुग्याे

काेराेना जितेर घर फर्किनेकाे सङ्ख्या ६ हजार ५४७ पुग्याे


समायोजन खबर
  • आइतबार, असार २१ २०७७

  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम ।

    समायोजन खबर खोटाङ, आइतबार नेपालमा दुई सय ९३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार सात सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना सङ्क्रमित भेटिएका छन् । चार सय ६९ जना डिस्चार्ज भएका छन् ।

    यस्तै प्रदेश नम्बर २ मा चार हजार एक सय ६० जनामा सङ्क्रमण देखिँदा दुई हजार ३४ जना डिस्चार्ज भएका छन् । वाग्मती प्रदेशमा पाँच सय ६३ जनामा सङ्क्रमण देखिएकोमा दुई सय ३४ जना डिस्चार्ज भएका छन् ।

    मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले गण्डकी प्रदेशमा एक हजार एक सय ४२ जनामा सङ्क्रमण देखिएको र दुई सय १४ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । प्रदेश नम्बर ५ मा तीन हजार नौ सय ६८ सङ्क्रमित रहेका छन् । तीमध्ये एक हजार सात सय २५ जना डिस्चार्ज भएका छन् ।

    कर्णाली प्रदेशमा एक हजार पाँच सय ७९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६ सय ७८ जनामा सङ्क्रमण देखिएको छ भने क्रमशः एक हजार एक सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएका छन् । देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । आइतबार चार हजार सात सय १० जनाको कोरोना परीक्षण भएको छ । आजसम्म दुई लाख ५१ हजार सात जनाको परीक्षण भएको छ ।

    यस्तै अहिले क्वरेण्टीनमा ३१ हजार पाँच सय ७३ जना रहेका छन् । ६ हजार पाँच सय ४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुँदा नौ हजार दुई सय तीन जनाको आइसोलेशनमा उपचार भइरहेको छ ।२०७७ असार २१ गते राती ८ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology