• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाबुआमाको स्मृतिमा विद्यालयमा गेट निर्माण

बाबुआमाको स्मृतिमा विद्यालयमा गेट निर्माण


समायोजन खबर
  • आइतबार, असार २१ २०७७

  • विद्यालयको गेट र रेलिङ सहितको सिँढी उद्घाटनपछि नगरप्रमुख इवन राई, उपप्रमुख बिमला राई, डिल्ली चाम्लिङ लगायत ।

    समायोजन खबर खोटाङ, जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडा सदस्य डिल्ली चाम्लिङले आफ्नो बाबुआमाको स्मृतिमा विद्यालयको गेट तथा रेलिङ सहितको सिँढी निर्माण गरिदिएका छन् । स्वर्गीय बाबु इन्द्रसेर राई र आमा गउनसरी राईको स्मृतिमा वडा सदस्य चाम्लिङले महेन्द्रोद्धय माबि हलेसीको गेट तथा रेलिङ सहितको सिँढी निर्माण गरिदिएका हुन् ।
    दुई लाख ३३ हजार ८०८ रुपैयाँमा निर्माण गरिएको गेट तथा रेलिङ सहितको सिँढी हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले शनिबार उद्घाटन गरेका हुन् । उद्घाटन गरिएको संरचना वडा सदस्य चाम्लिङ र उनकी श्रीमती मौलासरी राईले विद्यालयलाई हस्तान्तरण गरेका छन् । गाउँको विद्यालयको शैक्षिक उन्नयनमा टेवा दिन र हौसला प्रदान गर्नका लागि बुबाआमाको सम्मानमा गेटमा संरचना निर्माण गरिदिएको वडा सदस्य चाम्लिङले बताए ।
    गेट तथा रेलिङ सहितको सिँढी उद्घाटनकाक्रममा नगरप्रमुख राईले स्थानीय सरकारले गर्नुपर्ने काम व्यक्तीले गरेको उल्लेख गर्दै सरकारलाई उर्जा मिलेको बताए । उपप्रमुख बिमला राईले राई परिवारले गरेको सामाजिक कामको प्रचार–प्रसारले समाजमा सकारात्मक मनोबिज्ञान बिकास गर्न मद्धत पुग्ने उल्लेख गरिन् ।२०७७ असार २१ गते दिउँसो १ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology