समायोजन खबर खोटाङ, सुनको भाउ आज ७ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९१ हजार ७ रुपैयाँ पुगेर सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । आज फेरि घटेर ९१ हजार रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
गएको आइतबार र सोमबार पनि सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ नै तोकिएको थियो । त्यसपछि मङ्गलबार २ सय रुपैयाँ बढेर तोलाको ९१ हजार २ सय रुपैयाँ पुगेको थियो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर छ ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी हिजो तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।२०७७ असार १८ गते बिहान ११ :५३मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology