समायोजन खबर पोखरा, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण देखीएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १४ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ८ जना संक्रमित पुष्टि भएका हुन् ।
तनहुँमा ३ जना, पर्वत र स्याङजामा २/२ जना र बागलुङमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको उनले जानकारी दिए ।
संक्रमितमध्ये २ सय ८७ जना निको भएर घर फर्किएका छन् भने स्याङ्जाका दुई संक्रमितको मृत्यु भएको छ ।२०७७ असार १८ गते बिहान ११ :४२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology